सपनामा यौन सम्पर्क गरेको देख्नुको कारण यस्तो छ

१० वैशाख (एजेन्सी)-निदाएको समयमा एकपछि अर्को विचार, भावना र संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । 

मानव इतिहासमा सपनाको बारेमा धेरै अध्ययन अनुसन्धानको प्रयास भए पनि मानिसले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, भन्ने कुरामा राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका देखिन्छ । 

रमाईलो, डरलाग्दो, साहसिक, यौनसम्बन्धी नै हुन्छन् प्राय । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सपनामै सेक्स हर्मोनले एकातिर यौन व्यग्रता तथा यौन तनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । 

अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । 

यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो । अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्य रूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । 

केहीमा पर्याप्त र नियमित रूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।

यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । -एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

स्थानीय जातका कुखुरा मर्न थाले

१३ वैशाख (खोटाङ)- जिल्लाका कृषकले पालेका स्थानीय जातका कुखुरा धमाधम मर्न थालेको छ । सेतो छेर्ने, झोक्राउने, र्याल काढ्ने र टाउको सुन्निने...