स्थानीय जातका कुखुरा मर्न थाले

१३ वैशाख (खोटाङ)- जिल्लाका कृषकले पालेका स्थानीय जातका कुखुरा धमाधम मर्न थालेको छ । सेतो छेर्ने, झोक्राउने, र्याल काढ्ने र टाउको सुन्निने रोगले आफूले पालेका कुखुरा एकपछि अर्को मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

करीब दुई महिनादेखि फैलिएको रोगले जिल्लाका अधिकांश कृषकले पालेको कुखुराको खोर नै रित्तिएको छ । जिल्लाका सबैजसो स्थानीय तहका कृषकले पालेका स्थानीय जातका कुखुरामा यस्तो रोग देखिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पालिएका स्थानीय जातका कुखुरा लगभग मरेर सकिएको स्थानीयवासीले बताएका छन् । “शुरुमा एक÷दुई वटामा लक्ष्यण देखिनासाथ औषधि गरियो ।” दिक्तेलस्थित सल्लेरीटोलका गुणराज सैंजूले भने, “औषधिले केही काम गरेन । हप्ता दिनभित्रै सबै म¥यो । अहिले खोर नै रित्तो भएको छ ।”

स्थानीय जातका कुखुरामा देखिएको रोग महामारीकै रुपमा फैलिएको स्थानीयवासीले बताएका छन् । दिक्तेलबजारको सल्लेरीटोलमा पालिएका कुखुरामा महिना दिनअघि देखिएको रोग फैलिएर अहिले रत्नपार्क एरियामा देखिएको छ । 


कुखुरामा देखिएको समस्याका बारेमा अहिलेसम्म आफूहरुसँग कुनै गुनासो नआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यले बताए । “अहिले मौषम बदलिँदो छ । यस बेला पशुपन्छीमा सामान्य रोग देखा पर्नु स्वभाविक हो ।” उनले भने, “कुखुरामा देखिएको रोग महामारीकै रुपमा फैलिएको भए जानकारी आउँथ्यो । अहिलेसम्म कुनै गुनासो आएको छैन ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा झण्डै डेढ महिना अघिदेखि कुखुरा मर्ने रोग फैलिएको स्थानीय युवा नेता पवन श्रेष्ठले बताए । “अहिले गाउँमा स्थानीय जातका कुखुरा पाउन छाडेको छ ।” उनले भने, “भेटेनरीले दिएको औषधिले पनि कुनै काम गरेन । यसप्रति बेलैमा ध्यान नदिने हो भने, जिल्लामा स्थानीय जातका कुखुरा पाउन गाह्रो हुन्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय जातका कुखुरा पालनलाई व्यवसायिक रुप नदिएपनि सबैजसो ठाउँमा पाल्ने गरिएको छ । पहाडी भूभाग रहेको खोटाङ जिल्लाका अधिकांश घरमा कम्तिमा १५÷२० वटा कुखुरा पालिएको हुन्छ ।

किराँत समुदायको बर्चस्व रहेको खोटाङमा धेरैजसो कुखुराको भाले पूजाआजा गर्नमा प्रयोग गर्ने चलन छ । किराँत समुदायको उभौली तथा उधौली पर्वको अवसरमा प्रत्येक घर तथा भुमेथानमा कुखुराको भाले काटेर चढाउने गरिन्छ ।

स्थानीय जातका कुखुरामा रोग फैलिएपछि प्रकृतिपूजक किराँत समुदायलाई यस वर्षको उभौली पर्वमा कुखुराको भाले जोगाउन मुस्किल परेको छ । पूजाआज बाहेक आफन्तजन आउँदा तथा कुनै काम समाप्तीपछि कुखुराको भाले काटेर सुप खाने चलन छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा अहिले प्रति केजी रु ६०० देखि ७०० सम्ममा स्थानीय जातका कुखुराको मासु बिक्री हुने गरेको छ । जिल्लामा लाग्ने हाटबजारमा अधिकांश कुखुरा जीउँदै बिक्री गर्ने चलन छ ।

जीउँदो तथा मासु बिक्रीबाट लाखौँको आम्दानी हुने कुखुरा एकपछि अर्को गर्दै धमाधम मर्न थालेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । उनीहरुले आफूहरुले वर्षौँदेखि पाल्दै आएका स्थानीय जातका कुखुरामा फैलिएको रोग नियन्त्रण गर्न सम्बन्धित निकायलाई ध्यानाकार्षण गराइरहेका छन् ।

जिल्लामा मासुका लागि पालिएका ब्रोइलर कुखुरामा भने अहिलेसम्म रोग देखा नपरेको कृषकहरुले बताएका छन् । सदरमुकाम दिक्तेल लगायत जिल्लाका सबैजसो स्थानीय तहमा मासुका लागि ब्रोइलर तथा अण्डाका लागि लेयर्स कुखुरा पालिएको छ ।

सपनामा यौन सम्पर्क गरेको देख्नुको कारण यस्तो छ

१० वैशाख (एजेन्सी)-निदाएको समयमा एकपछि अर्को विचार, भावना र संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । 

मानव इतिहासमा सपनाको बारेमा धेरै अध्ययन अनुसन्धानको प्रयास भए पनि मानिसले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, भन्ने कुरामा राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका देखिन्छ । 

रमाईलो, डरलाग्दो, साहसिक, यौनसम्बन्धी नै हुन्छन् प्राय । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सपनामै सेक्स हर्मोनले एकातिर यौन व्यग्रता तथा यौन तनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।

अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । 

अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । 

यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो । अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्य रूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । 

केहीमा पर्याप्त र नियमित रूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।

यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । -एजेन्सीको सहयोगमा

दूधकोशी किनारामा पुरुषको शव फेला

८ वैशाख (खोटाङ)-खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ बाहुनीडाँडास्थित दूधकोशी दुधकोसी किनारमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । 

बाहुनीडाँडाको लुलीमा पुछारमा पर्ने सान्नेदोभानमा पुरुषको बेवारिसे शव फेला परेको हो । नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको १ नम्बर वडाध्यक्ष रुद्र राईले बताए ।

अन्दाजी ३०/३२ वर्षको पुरुष शवको पहिचान हुन सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । ट्याक्टर लिएर बालुवा लिन गएका मजदुरले नदीमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । शव डोरीले तानेर पाखामा निकालिएको स्थानीयले बताएका छन् ।

कर कार्यालय आएपछि सहज महशुष

६ वैशाख (खोटाङ)- आन्तरिक राजस्व कार्यालय लाहानले खोटाङमा करदाता सेवा कार्यालय स्थापना गरेपछि स्थानीय करदाताले सहज महशुष गरेका छन् । 

आन्तरिक राजस्व बिभाग अन्तर्गत सिराहाको लाहानमा राजस्व अर्थात कर बुझाउँदै आएका जिल्लाका कम्पनी सञ्चालक तथा ब्यवसायी लगायतका नागरिकले जिल्लामै सेवा पाएपछि
हर्षित बनेका हुन् ।

करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै सामान्य कामको लागि समेत तीन दिन बढी समय र पैसा खर्च गरेर लाहान पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जिल्लामा उक्त सेवा नहुँदा र कामको प्रक्रियाबारे नबुझ्दा पैसा खर्च गरेर अन्य मान्छेमार्फत काम सम्पन्न गर्नुपर्ने बाध्यता झेलिएको स्थानीय कम्पनी सञ्चालकहरु सुनाउँछन् ।

यही बैशाखदेखि दिक्तेलबजारमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट लाहानमा गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न सकिने कर अधिकृत गोपाल राईले बताए । 

कार्यालयबाट स्थायी लेखा नम्बर, मूल्य अभिबृद्दि कर दर्ता, अन्तःशुल्क ईजाजत तथा नबिकरण, कर चुक्ता प्रमाणपत्र लगायतको सेवा प्रदान गरिने कर अधिकृत राईको भनाई छ । बक्यौता असुली, भौचर संसोधन, फाईल स्थानान्तरण लगायतको कार्य सम्पादन गर्ने कार्यालयबाट करदाता शिक्षा पनि सञ्चालन गर्ने जनाईएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको कार्यालयले प्रदान गर्ने सेवाका बिषयमा जानकारी लिई  सेवा लिनका लागि जिल्लाबासीलाई अनुरोध गरिएको छ ।

यौनशक्ति बढाउनको लागि यि चिज खाने गर्नुस्

विभिन्न सञ्चारमाध्यमहरुमा चिकित्सकहरुलाई धेरैले प्रश्न गरिरहेका हुन्छन्, यौन शक्ति कसरी बढाउन सकिन्छ ? अर्थात् आफ्ना पार्टनरसँग धेरैबेर सम्म टिकिरहनका लागि के कस्ता उपाय अपनाउन सकिन्छ ? 

विश्वमा गरिएका धेरै अध्ययन र अनुसन्धानहरुले पत्ता लगाएका छन् कि कस्ता खानेकुरा खायो भने यौन क्षमता बढाउन सकिन्छ भनेर । विश्वका टप टप स्वास्थ्यकर्मीहरुको सल्लाह र टिप्पणीले तल दिईएका खानेकुरा खाँदा मात्र पनि यौनशक्ति बढाउन सकिने विष्लेषण गरेका छन् ।

१) टमाटर अर्थात गोलभेडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

२) पालुङ्गोको साग : पालुङगोको साग नियमित खाने गर्नाले यौनशक्तिमा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।

३) भिण्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।

४) प्याज (ओनिअन) : प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।

५) ब्रोकाउली : यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।

६) लसुन : लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।



७) गाँजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । जसबाट यौनजीवन आनन्द हुन्छ भनिएको छ ।

८) गान्टेमूला : यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।

चिसापानीका औषधी पसलमा म्याद गुज्रीएका औषधी फेला

६ वैशाख (खोटाङ) – घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा गरिएको औषधी पसल अनुगमनको क्रममा म्याद गुज्रेका औषधी फेला परेपछि जफत गरिएको छ ।

यहाँको दक्षिणी क्षेत्रमा अवस्थित जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको हो। चिसापानी बजारमा सञ्चालित एक औषधि पसलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको थियो। म्याद गुज्रेका औषधि जलाइएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। 

अनुगमन समितिले औषधिजन्य, कस्मेटिक, पेयपदार्थ र खाद्यान्न समुहको अवस्थाका विषयमा तीन वटा औषधी पसलमा अनुगमन गरेको थियो। तिनीहरुमध्ये एउटैमा मात्र म्याद गुज्रेका औषधि फेला परेको हो। म्याद गुज्रेका औषधि बेच्ने पसलको नाम र औषधिको प्रकार गोप्य राखिएको छ। 


जफत सामग्री गाउँपालिका प्रमुख शंकर राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायब निरीक्षक निरबहादुर कट्वाल, उद्योग वाणिज्य संघका दिलबहादुर तामाङलगायतको रोहबरमा जलाइएको छ। 

अनुगमन टोलीले चिसापानीका ३० वटा पसलमा अनुगमन गरेको जनाएको छ। घरेलु तथा साना उद्योग विकास समिति नेतृत्वको अनुगमन टोली बजार छिरेर अनुगमन सुरु गरेपछि चिसापानीका कतिपय व्यवसायीले हत्तपत्त कमसल उपभोग्य सामग्री छलेको अनुगमन टोलीले जनाएको छ। 

एकातर्फबाट पसलबाट अनुगमन सुरु गरेको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका उपभोग्य वस्तु लुकाएको प्रमुख महतोले बताए। बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि व्यवसायी अत्तालिएका थिए।

विप्लवको वन्दको असर यातायात र शिक्षामा

५ वैशाख (खोटाङ) विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दको असर खोटाङमा भने पर्न सकेन । बजार खुल्ला छ भने छोटो दूरीको यातायातका साधन पनि निर्वाध रुपमा सञ्चालनमा छन् । यद्यपी टाढा टाढा जाने यातायातका साधन भने सञ्चालन हुन सकेन ।

जिल्लाको मुख्य बजारहरु दिक्तेलबजार, हलेसी, ऐसेलुखर्क, बाक्सिला, चिसापानी, खोटाङबजार, बुइपाबजार लगायतका स्थानमा बजार क्षेत्र खुल्ला भए पनि खासै सवारी साधन नचल्दा चहलपहल भने कम देखिएको छ ।

बन्दको कारण बिहान ९ बजेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । बन्द प्रभाव शैक्षिक सँस्थाहरुमा पनि परेको छ । बिहानी सत्रमा सञ्चालन हुने जिल्लाको विभिन्न स्थानमा रहेका क्याम्पसको पढाई प्रभावित भएको छ भने सामुदायिक तथा निजी विद्यालयहरु पनि आंशिक रुपमा मात्र खुलेका छन । 


बन्दको सयममा बिरामी बोकेका एम्बुलेन्स, पर्यटक, कुटनीतिक नियोग, पत्रकार, तरकारी तथा दुध बोकेका गाडी एंव अति आवश्यक परेका सवारी साधनलाई अबरोध नहुने माओवादी श्रोतले जानकारी दिएको छ  

स्थानीय जातका कुखुरा मर्न थाले

१३ वैशाख (खोटाङ)- जिल्लाका कृषकले पालेका स्थानीय जातका कुखुरा धमाधम मर्न थालेको छ । सेतो छेर्ने, झोक्राउने, र्याल काढ्ने र टाउको सुन्निने...